बैंकिङ प्रणालिमा थपियो ७ अर्ब निक्षेप, कर्जा प्रवाह सुस्त



काठमाडौं । पछिल्लो साता बैंकिङ प्रणालीमा निक्षेप संकलन बढेको छ ।

एक साताको अवधिमा वाणिज्य बैंकमा ७ अर्ब निक्षेप थपिएको छ । यस्तै एक साताको अवधिमा वाणिज्य बैंकले २ अर्ब कर्जा लगानी गरेका छन् ।

बैंकर्स संघका अनुसार जेठ ६ गतेसम्म बैंकहरुले निक्षेप संकलन ७ अर्बले बढाएका छन् । वैशाख ३० गतेसम्म ४२ खर्ब ६० अर्ब रुपैयाँ रहेको निक्षेप संकलन जेठ ६ गतेसम्म आइपुग्दा बढेर ४२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ । वैशाख ३१ गते ४१ खर्ब ९१ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा जेठ ६ गतेसम्म आइपुग्दा २ अर्बले बढेर ४१ खर्ब ९३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

संघका अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी) रेसियो ९०.६० प्रतिशत रहेको छ ।


क्लिकमान्डु