विद्युत प्राधिकरणले सुरु गर्यो कल सेन्टर



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले काठमाडौं उपत्यका भित्रका ग्राहकका लागि भन्दै उक्त कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

ग्राहकको सहजताका लागि विद्यूत सेवा आपूर्ति सम्बन्धी गुनासो तथा सूचना एंव जानकारीहरु एकै स्थानबाट आदान प्रदान गर्न सकिने गरी छुट्टै कल सेन्टर संचालनमा ल्याएको छ । उक्त कल सेन्टर २४ सैं घन्टा सञ्चालनमा रहने छ ।

काठमाडौं महानगरमा विद्युत सम्बन्धी कुनै समस्या, गुनासो तथा सूचना भएमा प्राधिकरणको हटलाइन ११५० मा फोन सम्पर्क गरी अंक १ डालय गरेर कल सेन्टरमा जानकारी दिन सकिने छ ।


क्लिकमान्डु