किसान लघुवित्तको बुक क्लोज कहिले ?



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले जेठ २० गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीका अनुसार जेठ २८ गते हुने तेस्रो बार्षिक साधारणसभाका लागि २० गते १ दिनका लागि बुक क्लोज गर्न लागेको हो ।

१९ गतेसम कायम रहेका लगानीकर्ताले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा पनि भाग लिन पाउनेछन् ।

संस्थाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । २८ गते बस्ने सभाले उक्त लाभांश पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु