एकसातामा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटको कति ?



काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । सरकारले यसअघि जेठ ४ गते भाडा बढाएको थियो ।

इन्धनको मूल्य बढेपछि वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक भाडा बढाइएको हो ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनमा २.१ प्रतिशतले भाडा बढाइएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३ प्रतिशतले बढाइएको छ ।

कुन रुटको भाडा कति ?


क्लिकमान्डु