उद्योगमा जग्गाको हदबन्दीको हटाइने, भूउपयोग नीति बनाइने



काठमाडौं । उद्योगका लागि जमिनको हदबन्दी नलाग्ने व्यवस्था गरिन लागेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उद्योगलाई हदबन्दी लाग्ने व्यवस्था संशोधन गर्न लागेको जानकारी दिइन् ।

हाल उद्योगका नाममा १० बिघाभन्दा बढी जग्गा राख्दा धितो राख्न नपाइने र उद्योगगले जग्गा बिक्री गर्दा समेत सरकारबाट अनुमति दिनुपर्ने व्यवस्था छ ।

उद्योगी व्यवसायीले लामो समयदेखि उद्योगलाई जग्गाको हदबन्दी लगाउन नहुने माग गर्दै आएका थिए ।


क्लिकमान्डु