सार्वजनिक, गुठी जग्गा तथा अन्य जग्गाको जानकारी अनलाइनबाटै



काठमाडौं । सरकारले घरजग्गा सम्बन्धी जानकारी दिने गरी विद्युतीय प्रविधिको विकास र स्तरोन्नती गर्ने भएको छ ।

मंगलबार दुबै सदनको संयुक्त बैठकमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा प्रविधिमैत्री घरजग्गा सूचना प्रदान गर्ने उल्लेख छ ।

हाल प्रयोग भइरहेको प्रविधिलाई स्तरनोन्ती गरिने र देशभरको सार्वजनिक, गुठी जग्गा तथा अन्य जग्गाको जानकारी अनलाइनबाटै लिन सकिने व्यवस्था गर्ने उनले बताइन ।


क्लिकमान्डु