अर्थसमितिले बजेटका लागि दियो सरकारलाई १४ पृष्ठ लामो सुझाव



काठमाडौं । अर्थसमितिले मंगलबार सरकारलाई बजेटमा समावेश गर्नका लागि १४ पृष्ठ लामो सुझाव दिएको छ । मंगलबार सरकारलाई बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रमा के समावेश गर्ने भन्ने विषयमा सुझाव दिएको छ ।

समितिले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी वस्तु, उत्पादन तथा प्रवर्द्धन गर्नेदेखि मेक इन नेपाल अभियानलाई प्रोत्साहन गर्न सुझाव दिएको छ ।

साथै, पूर्वाधार निर्माणका आयोजनाहरु निर्माणमा सार्वजनिक–निजी साझेदारी अवधारणा अनुरुप डिजाइन–बिल्ट–फाइनान्स–अपरेटर–म्यानेज जस्ता आधुनिक करार सम्झौता अबलम्बन गरी गुणस्तरमा सुनिश्चितता कायम गर्ने कार्य अघि बढाउन सुझाव दिएको छ ।

त्यसैगरी समितिले न्यूनतम समर्थन मूल्यमा कृषकबाट खाद्यान्न खरिन गरी भण्डारणका लागि गोदाम घर निर्माण गर्ने, आगामी ५ वर्षमा कृषि उत्पादनमा आत्मनिर्भर हुने गरी कार्यक्रम निर्माण गर्नका लागि समेत सुझाव दिएको छ ।


क्लिकमान्डु