महालक्ष्मी विकास बैंकको २८औं वार्षिकोत्सवमा संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान



काठमाडौं । महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश गरेको छ ।

जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ ।

उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले सम्मान गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उनको योगदान अविस्मरणीय रहँदै आएको बताए ।

वार्षिकोत्सवमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ ।

एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा बैंकले महालक्ष्मी स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवर्द्धन, सहरी सौन्दर्य प्रवर्द्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु