सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल शारामा ३०% छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले पोखरामा रहेको होटल शारामा विशेष छुट पाउने भएका छन् । यसको लागि बैंकले होटलसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र होटल शाराका कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले होटल शारामा खाना, साउना, स्पा तथा पेय पदार्थमा १५ प्रतिशत तथा आवासमा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।


क्लिकमान्डु