इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो, कुन रुटमा कति ?



काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा बढाएका छन् ।

गमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएपछि कम्पनीहरुले पनि हवाई भाडा बढाएका हुन् ।

जसअनुसार कम्पनीहरुले गन्तव्य अनुसार न्यूनत ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्म भाडा बढाएका हुन् ।

अब काठमाडौं-माउण्टेन फ्लाइटको भाडा ३४० रुपैयाँले बढेर १३ हजार ७६५ रुपैयाँ पुगेको छ भने काठमाडौं-भद्रपुरको भाडा ३०० रुपैयाँले बढेर ११ हजार ९३५ रुपैयाँ पुगेको छ ।

साथै, काठमाडौं-बिराटनगरको भाडा २४० रुपैयाँले बढेर ९ हजार ३२५ रुपैयाँ, काठमाडौं-जनकपुरको भाडा १३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ, काठमाडौं-भरतपुरको भाडाले ११० रुपैयाँले बढेर ४ हजार ४३५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, काठमाडौं-पोखराको भाडा १६० रुपैयाँले बढेर ६ हजार ३०५ रुपैयाँ, काठमाडौं-भैरहवाको भाडा २०५ रुपैयाँले बढेर ७ हजार ८८० रुपैयाँ, काठमाडौं-नेपालगञ्जको भाडा ३२५ रुपैयाँले बढेर १२ हजार ८९५ रुपैयाँ, काठमाडौं-धनगढीको भाडा ४४५ रुपैयाँले बढेर १५ हजार ६६५ रुपैयाँ पुगेको छ ।

साथै, काठमाडौं-तुम्लिङटारको भाडा १८५ रुपैयाँले बढेर ७ हजार ४६० रुपैयाँ र काठमाडौं-सिमराको भाडा ९० रुपैयाँले बढेर ३ हजार ७२५ रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु