भारतबाट राजस्व छलेर चिनी ल्याउने विरुद्ध मुद्दा



काठमाडौं । भारतबाट राजस्व छलेर चिनी भित्राउने विरुद्ध मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले राजकिशोर कुशवाह,पुष्करकुमार सिंह तथा भविचन महतो कोइरी विरुद्द मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध ३ करोड ७२ लाखको बिगो कायम राखेर राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।

राजस्व छल्ने निरज टे्रडर्सका सञ्चालक श्रीराम ठाकुर र जयशंकर जैसवाल विरुद्द समेत राजस्व अनुसन्धान विभागले १५ करोडको बिगो माग राखेर मुद्दा दर्ता गरेको छ ।


क्लिकमान्डु