
काठमाडौं । अर्थशास्त्री अच्यूत वाग्लेले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नीतिका विषयमा नेपालका सबै राजनीतिक दलको समान धारणा नहुँदासम्म वैदेशिक लगानी बढ्न नसक्ने बताएका छन् ।
‘कानूनी, प्रक्रियागत, संस्थागत विषयमा पनि हामी स्पष्ट छैनौं । विदेशी लगानीका विषयमा निजी क्षेत्रको समेत स्पष्ट धारणा हुनुपर्छ,’ वाग्लेले भने, ‘नेपालको निजी क्षेत्रले विदेशी कम्पनीसँग पनि प्रतिस्पर्धा गर्न खोजेको हो कि स्वदेशी कम्पनीबीचमा मात्रै प्रतिस्पर्धा गर्न खाजेको हो स्पष्ट हुनुपर्छ ।’
नेपालमा औषतमा कुल ग्राहस्थ उत्पादनको २ प्रतिशतभन्दा बढी एफडीआइ आउन नसकेको अवस्थामा हाम्रा कानून, प्रक्रिया र संस्थामा सुधार नगरी लगानी बढ्न नसक्ने अर्थशास्त्री वाग्लेको भनाइ छ ।
‘नीति निर्माणमा ज्ञान भएका मानिससँग छलफल गर्ने प्रचलन टुटेको छ । विदेशी लगानीका विषयमा निजी क्षेत्र र सरकारको समान धारणा छैन् ’ वाग्लेले भने, ‘आर्थिक मुद्दामा समान धारणा नबन्दासम्म विदेशी लगानी बढ्दैन् ।’











प्रतिक्रिया