सरकारको नीति तथा कार्यक्रम जेठ १० गते



काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १० गते सार्वजनिक हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते नीति तथा कार्यक्रम आउने जानकारी दिए ।

‘सरकारले उत्पादनमुलक उद्योगलाई संरक्षण गर्ने गरी नीति तथा कार्यक्रम बनाउन लागेको छ,’ मन्त्री बडूले क्लिकमाण्डूसँग भने, ‘त्यसका लागी हामीहरु निजी क्षेत्रसँग नियमित छलफलमा छौं ।’

नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा सरकारका प्राथमिकताहरु समेटिने गर्छन् ।

सरकारले वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा पहिला नीति तथा कार्यक्रम सार्वजनिक गर्ने अभ्यास रहेको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।

संसद सचिवालयका प्रवक्ता रोज पाण्डेले जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरि तयारी भइरहेको जानकारी दिए ।

सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, पर्याप्त तयारी नपुगेको भन्दै १० गतेलाई सारिएको हो ।


क्लिकमान्डु