बैशाखमा १९ अर्बले निक्षेप घट्दा ७ बैंकले बढाए, नबिलको सबैभन्दा बढी



काठमाडौं । एक महिनाको अवधिमा वाणिज्य बैंकबाट १८ अर्ब ९२ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ ।

चैत महिनामा ४३ खर्ब ८८ अर्ब ७० करोड रुपैयाँ रहेको निक्षेप वैशाखमा १८ अर्ब ९२ करोड रुपैयाँले घटेर ४३ खर्ब ६९ अर्ब ७८ करोडमा सीमित भएको छ ।

 एक महिनाको अवधिमा बैंकिङ प्रणालीबाट १८ अर्ब ९२ करोड रुपैयाँ निक्षेप बाहिरिएपनि केही बैंकले भने निक्षेप बढाएका छन् । एक महिनाको तथ्यांकलाई हेर्दा ९ वटा बैंकले निक्षेप बढाएका छन् ।

वैशाख महिनामा निक्षेप बढाउने बैंकमा कृषि विकास बैंक, एभरेष्ट बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक र स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ । 

एक महिनाको अवधिमा सबैभन्दा बढी एभरेष्ट बैंकले २ अर्ब ४८ रुपैयाँ निक्षेप बढाएको छ । त्यस्तै दोस्रोमा नबिल बैंक रहेको छ । नबिलले २ अर्ब ३८ करोड रुपैयाँ निक्षेप थपेको छ । कृषि विकास बैंककृषि विकास बैंकले वैशाख महिनामा आफ्नो व्यवसाय ५५ करोडले विस्तार गरेको छ । चैत महिनामा १ खर्ब ६० अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । वैशाख महिनामा आइपुग्दा बैंकको निक्षेप ५५ करोड रुपैयाँले बढेको छ । 

एभरेष्ट बैंक

 एभरेष्ट बैंकले एक महिनाका अवधिमा २ अर्ब ४८ करोड रुपैयाँले निक्षेप बढाएको छ । बैंकले एक महिनामा निक्षेप २ अर्ब ४८ करोड रुपैयाँले बढेर १ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । चैत महिनामा १ खर्ब ६२ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । 

लक्ष्मी बैंक

एक महिनाको अवधिमा लक्ष्मी बैंकले ९० करोड रुपैयाँ निक्षेप बढाएको छ । चैत महिनामा बैंकले १ खर्ब ३५ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा वैशाख महिनामा १ खर्ब ३६ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

 मेगा बैंक

मेगा बैंकले एक महिनाको अवधिमा १ अर्ब ७ करोड रुपैयाँ निक्षेप बढाएको छ । चैत महिनामा बैंकले १ खर्ब ४९ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा वैशाख महिनामा १ अर्ब ७ करोड रुपैयाँले बढेर १ खर्ब ५० अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

नबिल बैंक

नबिल बैंकले चैतको तुलनामा वैशाखमा २ अर्ब ३८ करोड रुपैयाँ बढी निक्षेप संकलन गरेको छ । चैतमा बैंकले २ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा वैशाखमा २ खर्ब ३९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप थपेको छ । 

एनएमबी बैंकएनएमबी बैंकले चैतको तुलनामा वैशाखमा ४९ करोड रुपैयाँ बढी निक्षेप संकलन गरेको छ । बैंकले चैतमा १ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा वैशाखमा १ खर्ब ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । 

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले एक महिनाको अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ निक्षेप बढाएको छ । बैंकले वैशाखमा १ अर्ब ३२ करोड रुपैयाँ निक्षेप बढाएर १ खर्ब १५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । चैत महिनामा १ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक

चैत महिनाको तुलनामा वैशाख महिनामा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप १ अर्ब ९८ करोड रुपैयाँले बढेर २ खर्ब ४६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । चैतमा बैंकले २ खर्ब ४४ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । 

स्टयान्डर्ड चार्टर्ड बैंक

वैशाख महिनामा स्टयान्डर्ड चार्टर्ड बैंकले निक्षेप संकलन बढाएको छ । वैशाखमा बैंकले चैतको तुलनामा ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । चैतमा १ खर्ब ९ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैकले वैशाखमा १ खर्ब १० अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । 


क्लिकमान्डु