सेतो बाघ नामक भोड्का बजारमा



पोखरा । सेतो बाघ नामक स्वदेशी भोड्का बजारमा आएको छ । नेचुरल स्पिरिट्स कम्पनीले सेतो बाघ नाम गरेको भोड्का बजारमा ल्याएको हो ।

कम्पनीद्वारा उत्पादन गरिएको सारंगी ब्राण्डको ह्वीस्की पनि स्वेदेशी बजारमा लोकप्रिय नै छ ।

नेपाली खाँटी स्वादको मदिराको रसास्वादन गर्न लालायित ग्राहकहरुलाई लक्षित गरेर पोखरकोे सबै मुख्य पसलहरुमा सेतो बाघ ब्राण्ड भोड्काको बिक्री वितरण शुरु भएको कम्पनीले जनाएको छ ।

बजारमा उपलब्ध भइरहेका अन्य भोड्काहरुभन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्डअनुरुप तयार पारिएको कम्पनीको दावी छ ।

यस भोड्कामा हिमालयको झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थहरुको मिश्रण रहेकाले शुद्ध भोड्काको स्वाद जो कोहीलाई एक चुस्कीमै दिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु