निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो



काठमाडौं । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबै बढाएकाे छ । गत वैशाख महिनामा वाणिज्य बैंकहरुमा निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।

गत वैशाख महिनासम्ममा नेपाल बैंकले निक्षेप संकलन २४.३५ प्रतिशतले बढाएको छ भने कर्जा बिस्तार ३१.९८ प्रतिशतले बढाउन सफल भएको छ ।

यस अवधिमा २७ वाणिज्य बैंकमध्ये १९ वटा वाणिज्य बैंकहरुको निक्षेप बढेकाे छ भने ८ वटा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ ।

वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ६.२३ प्रतिशत छ भने साथै कर्जा बिस्तार १७.४३ प्रतिशतले वृद्धि भएको छ ।

वैशाख मसान्तसम्मा वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल बैंकर्स संघका अनुसार यस अवधिमा १८ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी छ ।

नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सिमाभित्र ८९.६५ प्रतिशत छ । औसतमा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत छ ।


क्लिकमान्डु