अपडेटः काठमाडौं महानगरमा एमालेका स्थापितभन्दा बालेन ४७८८ मतले अगाडि, सिर्जनाको कति ?



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले लगातार मतान्तर र अग्रता दुबै बढाइरहेका छन् । अहिलेसम्म भएको मतगणनामा बालेनले एमालेका उम्मेदवार केशव स्थापितको भन्दा ४७८८ मत बढी ल्याएका छन् । बालेन र स्थापितबीचको यो मतान्तर हालसम्मकै उच्च हो ।

बालेनले १० हजार २४१ मत ल्याएर पहिलो बनेका छन् भने ५ हजार ४५३ मत ल्याएर दोस्रो स्थानमा छन् ।

त्यस्तै, कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ४ हजार ७४२ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

काठमाडौं महानगरको उपमेयरमा भने एमालेका उम्मेदवार सुनिता डंगोल आफ्ना प्रतिस्पर्धी रामेश्वर श्रेष्ठभन्दा धेरै मतले अगाडि छिन् । हालसम्मको नतिजाअनुसार डंगोलले ९ हजार ८५८ मत ल्याएकी छन् भने नकपा एकीकृत समाजवादीका श्रेष्ठले २ हजार ८१७ मत ल्याएका छन् ।


क्लिकमान्डु