१४६ पालिकाको टुंगो लाग्दा कांग्रेस ६० र एमाले ४७ स्थानमा विजयी, कुन पालिकामा कस्ले जिते ?



काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको यतिबेला मतगणना भइरहेको छ । जसमध्ये हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ६० स्थानमा विजयी भएको छ भने ४८ स्थानमा नेकपा एमाले विजयी भएको छ ।

साँझ ५ बजेसम्मको तथ्यांक अनुसार नेपाली कांग्रेस अझै २५५ स्थानमा अग्रता कायम गरिरहेको छ भने नेकपा एमालेले १३८ स्थानमा अग्रता कायम गरिरहेको छ ।

त्यसैगरी माओवादी केन्द्रले हालसम्म ३२ पालिकामा जित हासिल गरिसकेको छ भने ८२ वटा पालिकामा अग्रता कायम गरेको छ ।

हालसम्म एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेको छ भने स्वतन्त्रले २, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक स्थानमा जित हासिल गरेका छन् ।

साथै, पालिका उपप्रमुख कांग्रेसले ६४ स्थानमा जित हासिल गर्दा एमालेले ४०, माओवादी केन्द्रले २६ स्थानमा जित हासिल गरेका छन् । साथै, जनमोर्चाले एक स्थानमा, समाजवादीले २ स्थानमा, स्वतन्त्रले एक स्थान र मजदूर किसान पार्टीले १ स्थानमा जित हासिल गरेका छन् ।


क्लिकमान्डु