नेपाल आउँदा मलाई राजनीतिकभन्दा अध्यात्मिक अनुभव हुन्छ: मोदी



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि अध्यात्मिक महसुस हुने बताएका छन् ।

‘नेपाल सगरमाथाको देश हो, नेपाल मठ मन्दीरको देश हो, नेपाल प्राचिन सभ्यताको देश हो’ २ हजार ५६६ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीले भने, ‘नेपाल आउँदा मलाई राजनीतिक भन्दा छुट्टै आध्यात्मिक अनुभव हुन्छ ।’

भौगोलिक सीमा भन्दा माथी उठेर बुद्ध सबैका र सबैका लागि भएको बताउँदै प्रधानमन्त्री मोदीले भगवान बुद्ध नेपाल र भारतको साझा विरासत र साझा मुल्यका प्रतिक भएको बताए ।

‘बुद्ध मानवताको सामुहिक बोधको अवतरण हो । बुद्ध सोध र बोध हो । बुद्ध संस्कार हो,’ मोदीले भने, ‘बुद्धले मानवलाई ज्ञानको अनुभव दिलाएको थियो । बुद्धले त्यागको महत्व सम्झाएको छ । ’

नेपाल र भारतको धनिष्टताले सम्पूर्ण मावनको हितका लागि काम गर्नुको साथैँ भारत र नेपाल मिलेर दुवै देशको हितमा समेत काम गर्ने अपार सम्भावना रहेको प्रधानमन्त्री मोदीले बताए ।

‘भारत र नेपाल बीचको सम्बन्ध हिमाल जस्तो अटल र हिमाल जस्तै पुरानो छ’ भारतका प्रधानमन्त्री मोदीले भने, ‘हामीले यो सम्बन्धलाई हिमालय जस्तै उचाईंमा पुर्याउन जरुरी छ । यो सम्बन्धलाई विज्ञान प्रविधीको नविनतम विकाससँग जोड्न जरुरी छ ।’


क्लिकमान्डु