काठमाडौं महानगरको उपमेयरमा सुनिताले श्रेष्ठलाई ४५६२ मतले पछि पारिन्



काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरको मतान्तर ४ हजार ५६२ पुगेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) पार्टीका रामेश्वर श्रेष्ठलाई ४ हजार ५६२ मतले पछि पारेकी छिन् । एमालेकी उम्मेदवार डंगोलले अहिलेसम्म ६ हजार ३४६ पात पाएकी छिन् ।

यस्तै नेकपा एसका उम्मेदवार श्रेष्ठले १ हजार ७८४ मत पाएका छन् । डंगोल र श्रेष्ठको मतान्तर निकै बढ्दै गएको छ । यस्तै हलोले १ हजार ३४५ मत पाएको छ भने झ्यालले ५९५ मत पाएको छ ।


क्लिकमान्डु