बराहापोखरी गाउँपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित



काठमाडौं । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका शालिकराम बन्जरा विजयी भएका छन् । नेकपा (एमाले) का गोमा मगरलाई ८५१ मतान्तरले पराजित गर्दै बञ्जरा गाउँपालिका प्रमुखमा विजयी भएका हुन् ।

बञ्जराले ३ हजार १८१ मत ल्याएर विजयी हुँदा मगरले २ हजार ३३० मत ल्याएकी छिन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का भूवलराज राईले २ हजार ५९४ मत ल्याएर उपप्रमुखमा विजयी भएका छन् । राईका प्रतिद्वन्दी एमालेका जीवनकुमार राईले २ हजार २९५ मत ल्याएका छन् ।

उक्त गाउँपालिका–१ बराहपोखरीमा कांग्रेसका ढकबहादुर कार्की, २ मा माओवादी केन्द्रका पदम मगर, ३ मा एमालेका ताराकान्त राई, ४ मा कांग्रेसका सन्तोष आचार्य, ५ मा एमालेका फौदराज राई र ५ मा माओवादीका दुर्गाबहादुर राई विजयी भएका छन् ।


क्लिकमान्डु