वीरगञ्ज महानगरपालिकामा सरावगीभन्दा गठबन्धनका सिहं १३६६ मतले अगाडि



काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २ हजार २८२ मतसहित अग्रता कायम गरेका छन् ।

नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मात्रै मत पाएका छन् । महानगरपालिकाको मतगणना अनुसार वडा नम्बर १, २, ३१ र ३२ को मतगणना भइरहेको छ ।

महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन भएको छ ।

गठबन्धनले सिंहलाई उम्मेदवार बनाएको छ । एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच पनि गठबन्धन भएको छ । जसले विजयकुमार सरावगीलाई उम्मेदवार बनाएको छ ।


क्लिकमान्डु