काठमाडौं उप-मेयरमा डंगोललाई पछ्याउँदै गठबन्धनका श्रेष्ठ, सुनिता २१०५ मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकामा उप-मेयरका उम्मेदवारको प्रतिस्पर्धा थप रोचक बनेको छ ।

जारी मतगणनामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो अग्रता भारी मतले बढाएकी छिन् । उनले गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई २१०५ मतले पछि पारेकी छिन् ।

पछिल्लो परिणाम अनुसार डंगोलले २९५५ मत पाएकी छिन् भने श्रेष्ठले ८५० मात्रै मत पाएका छन् । यस्तै राप्रपाका बिनिता मगैयाले ६९२ मत पाएका छन् ।

राष्ट्रिय सभागृहमा हाल १, २, ३, ४, ३१ र ३२ वडाको मतगणना जारी छ ।


क्लिकमान्डु