रोल्पामा २० माओवादी केन्द्र, ५ कांग्रेस, ४ एमाले र एक स्वतन्त्र उम्मेदवार विजयी, कहाँ कुन ?



काठमाडौं । रोल्पामा ३० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा २० मा नेकपा (माओवादी केन्द्र), ५ मा नेपाली कांग्रेस, ४ मा नेकपा एमाले र १ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

रोल्पा नगरपालिका–१ मा खुमबहादुर थापा, २ मा प्रकाश डाँगी, ४ मा मित्रलाल गुरुङ, ५ मा टोपबहादुर नेपाली, ६ मा तुलबहादुर घर्तीमगर विजयी भएका छन् । यी सबै माओवादीको उम्मेदवार हुन् ।
यस्तै
सुनिलस्मृति गाउँपालिका–१ मा गोवद्र्धन कँुवर, ३ मा दुर्गाहबहादुर विष्ट, लुङ्ग्री गाउँपालिका–७ मा हीराबहादुर पुन, ६ मा जोखबहादुर बुढाथोकी र ५ मा रिकबहादुर रोका विजयी भएका छन् । थवाङ गाउँपालिका–ं ५ मा गोवद्र्धन घर्तीमगर, ३ मा जनक बुढामगर र २ मा अविलासा रोकामगर विजयी भएका छन् । परिवर्तन गाउँपालिका १ मा मैते बुढामगर र २ मा हरिप्रसाद घर्तीमगर विजयी भएका छन् ।

त्रिवेणी गाउँपालिका–१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका–ं २ मा भिउलाल पुन, माडी गाउँपालिका– १ मा रोहित सिंह घर्तीमगर र २ मा ललित घर्तीमगर विजयी भएका छन् । सुनछहरी गाउँपालिका–१ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णबहादुर बुढामगर विजयी भएका छन् । यी सबै विजयी उम्मेदवार माओवादीका हुन् ।

यस्तै नेपाली कांग्रेसबाट गङ्गादेव गाउँपालिका– १, २ र ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा–१ मा अमृतबहादुर वली, २ मा अमरबहादुर थापा, ७ मा प्रेमप्रकाश केसी विजयी भएका छन् । रोल्पा नगरपालिका–३ मा राजकुमार पुरी र रुन्टीगढी गाउँपालिका–१ मा थमबहादुर घर्तीमगर विजयी भएका छन् ।
नेकपा एमालेबाट थवाङ गाउँपालिका– ४ हिकमत घर्तीमगर, त्रिवेणी गाउँपालिका– २ कविराज बुढामगर, गङ्गादेव गाउँपालिका– ६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका–३ गणेश गिरी विजयी भएका छन् ।

स्वतन्त्र तर्फ रोल्पाको सुनिलस्मृति गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी भएका छन् ।


क्लिकमान्डु