समाजवादीलाई हराउँदै शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित



काठमाडौं । शङ्खरापुर नगरपालिकाको २ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त मत परिणाम अनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण दङ्गाल र वडा–९ मा नेपाली कांग्रेसबाट सहदेव श्रेष्ठ निर्वाचित भएका छन् । दङ्गालले ६७४ र श्रेष्ठले ७०५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६०६ मत प्राप्त गरेका छन् भने वडा सदस्यमा समाजवादीको समूह नै निर्वाचित भएको छ ।

यसैगरी उक्त नगरपालिका–९ मा वडा अध्यक्षसहित सबै सदस्य पदमा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका सहदेव श्रेष्ठले ७०५ मत प्राप्त गर्दा नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४३३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगर प्रमुखमा १ हजार २४८ मतका साथ एमालेका कृष्णलाल बजगाइँले अग्रता कायम गरेका छन् । उनलाई पच्छ्याउँदै नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद श्रेष्ठले १ हजार १९१ मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापितले एक हजार ८९ मत पाएका छन् । नगरपालिकामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठले एक हजार ५९४ मत पाएका छन् । उनकी प्रतिष्पर्धी एमालेकी लक्ष्मी केसीले ९५७ मत पाएका छन् । वडा–२ र ८ को मतगणना भइरहेको जनाइएको छ ।


क्लिकमान्डु