निर्वाचनका बेला जसपा छोडेका सरावगीलाई समाजवादी कै सिंहले पछि पारे



काठमाडौं । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा)का मेयरका उम्मेदवार राजेशमान सिंहको अग्रता कायमै छ ।

उनले नेकपा एमालेबाट मेयरको उम्मेदवार विजयकुमार सरावगीलाई धेरै मतान्तरले पछि पारेका छन् । निर्वाचनको सम्मुखमा जनता समाजवादी पार्टी छोडेर एमालेमा प्रवेश गरेका सरावगीलाई जसपाकै उम्मेदवार सिंहले पछि पारेका छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार समाजवादीका उम्मेदवार राजेशमान सिंहले १८१० मत पाएका छन् । उनको भन्दा १०६३ मतले एमालेका सरावगी पछि रहेका छन् । सरावगीको ७४७ मत रहेको छ । मतगणना जारी छ ।


क्लिकमान्डु