काठमाडौं उप-मेयरमा डंगोल समाजवादीका श्रेष्ठभन्दा १५८५ मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकामा उप-मेयरको मतगणना थप रोचक बन्दै गएको छ ।

जारी मतगणनामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोले भारी मतका साथ अग्रता कायम गरेकी छिन् । उनले गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई १५८५ मतले पछि पारेकी छिन् ।

पछिल्लो परिणाम अनुसार डंगोलले २२३२ मत पाएकी छिन् भने श्रेष्ठले ६४७ मात्रै मत पाएका छन् । यस्तै राप्रपाका बिनिता मगैयाले ५४० मत पाएका छन् ।

राष्ट्रिय सभागृहमा हाल १, २, ३, ४ र ३२ वडाको मतगणना जारी छ ।


क्लिकमान्डु