भरतपुरमा रेनु र विजयको मतान्तर थप साँघुरिदै



काठमाडौं । चितवतको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।

नेपाली कांग्रेसलगायत पाँच दलसँग गठबन्धन गरेर माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार रेनु दाहालको एमालेका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर साँघुरिँदै गएको छ ।

यसअघि सुवेदीभन्दा ६७ मतले अगाडि रहेकी रेनु दाहाल पछिल्लो मतपरिणाम अनुसार ६४ मतले अघि छन् । पछिल्लो परिणामअनुसार रेनुले १५८६ मत प्राप्त गरेकी छन् भने सुवेदीले १५२२ मत पाएका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५२९ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा काँग्रसका उमेदवार चित्रसेन अधिकारीले १७५८ मत पाएका छन् । यस्तै हलोमा हिमला गुरुङले १२२३ मत पाएका छन् । यस्तै सुर्यमा ४८३ मत पाएका छन् ।


क्लिकमान्डु