इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा प्रवेश



काठमाडौं । इसेवा मनि ट्रान्सफर दुई वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ ।

फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो । कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आएको छ ।

कम्पनीले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ । डिजिटल प्रविधिबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउँदा सेवाग्राहीले कम शुल्कमै रेमिठट्यान्स् पठाउन पाएका छन् । त्यस्तै, यस कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशका हरेक गाउँ अनि शहरसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ । हाल, यस कम्पनीका मुलुकभर १८ हजार भन्दा धेरै संख्यामा एजेण्ट नेटवर्क रहेका छन् ।

इसेवा मनि ट्रान्सफर मार्फत ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन तथा आन्तरिक रेमिट्यान्सको सेवा उपयोग गर्दै कम शुल्कमा देशभरी रेमिट्यान्स पठाउन सक्छन् । यति मात्र नभएर देशका हरेक क्षेत्रमा रहेका इसेवाका एक लाख भन्दा धेरै एजेण्ट नेटवर्क तथा क्यास पोइन्ट मार्फत पनि सेवाग्राहीले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्राप्त गरिरहेका छन् । साथै, इसेवा मनी ट्रान्सफरले रेमिट्यान्स पठाउने तथा पाउने दुवै पक्षलाई लक्षित् गर्दै आकर्षक क्यासव्याक अफरहरु सञ्चालन गर्दै आएको छ ।


क्लिकमान्डु