भक्तपुरमा ६५, मनाङमा ६० र ललितपुरमा ५० प्रतिशत मत खस्यो



काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत भक्तपुरमा ६५ प्रतिशत, मनाङमा ६० प्रतिशत र ललितपुरमा ५० प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार भक्तपुरमा ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए । बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन् । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्यविनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा ४१ हजार ८४३ जना छन् ।

यस्तै मनाङमा मध्यह्नसम्म ६० प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत भइरहेको मतदानमा हिमाली जिल्ला मनाङमा ६० प्रतिशत मत खसेको छ ।

जिल्लाका चार गाउँपालिका र २८ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको जनाइएको छ ।
चामे गाउँपालिकामा ५७७, मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ५७४, नार्पाभूमि गाउँपालिकामा २८५ र नासों गाउँपालिकामा एक हजार ४३७ गरी तीन हजार ८७३ मत खसेको छ । मनाङमा १४४ जनप्रतिनिधि निर्वाचित हुनेछन् । महिला ३ हजार ३४८ र पुरुष तीन हजार १४८ गरी ६ हजार ४९६ मतदाताले मतदान गर्नेछन् ।

यस्तै ललितपुरमा ५० प्रतिशत बढी मत खसेको छ । २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको बताइएको छ । कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए ।

उनका अनुसार निर्धारित समयसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु