कोरोनाका कारण भारतमा ४ करोड ३१ लाख बढी सङ्क्रमित



एजेन्सी । २४ घण्टाको अवधि भारतमा २ हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएका छन् । यो सँगै कोरोना सङ्क्रमतिको सङ्ख्या ४ करोड ३१ लाख १६ हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या ३ हजार नाघेको थियो । गत मङ्गलबारबाट केही मात्रामा कमी देखिएको छ । चौविस घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमितमध्ये ३६ प्रतिशत राष्ट्रिय राजधानी दिल्लीका रहेका बताइएको छ । हाल राजधानीमा ४ हजार ९२८ सक्रिय सङ्क्रमित रहेको बताइएको छ ।

२४ घण्टामा महामारीका कारण थप ९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १९० पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ६०४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार मध्यरातिसम्म ३ हजार २९० कोरोना निको भएका छन् । यसैसँगै हालसम्म ४ करोड २५ लाख ७३ हजार ४६० सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।


क्लिकमान्डु