बिनोद चौधरीले गरे मतदान



काठमाडौं । उद्योगपति बिनोद चौधरीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।

उनले नवलपुर जिल्लाको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदान गर्दै उनले भनेका छन् ‘यो निर्वाचनमा विजय हुने सबै हाम्रा जनप्रतिनिधिहरुलाई जनताको मतको भावनाअनुसार अघि बढ्ने सफलता मिलोस्, मेरो शुभकामना ।’

उनले निर्वाचनमा विजय हुने सबै जनप्रतिनिधिहरुलाई जनताको मतको भावनाअनुसार अघि बढ्ने सफलता मिलोस् भन्ने शुभकामना दिएका छन् । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष जनताले निर्वाचनमार्फत आफ्नो नेतृत्व आफै छान्न पाउने भएको उनको भनाइ छ ।


क्लिकमान्डु