महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले विशालनगरमा गरे मतदान



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचनमा उनले श्ुक्रबार बिहान काठमाडौ महानगरपालिकाको विशालनगर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालका साथै उनका भाई हेमराज ढकालले पनि मतदान गरेका छन् । उनी आइएमई ग्रुपका प्रबन्ध निर्देशक हु्न् ।

निर्वाचनमा सर्वसाधारण जनतादेखि उच्च स्तरिय नेता, उद्योगाी, व्यवसायी लगायत सबैले मतदान गरिरहेका छन् ।


क्लिकमान्डु