सुनसान काठमाडौं



काठमाडौं । स्थानीय तह निर्वाचनका दिन शुक्रबार (आज) काठमाडौं उपत्यका सुनसान भएको छ ।

निर्वाचनका दिन उपत्यकामा सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जसका कारण उपत्यका सुनसान प्रायः भएको हो ।

शुक्रबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । मतदान जारी रहेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

निर्वाचनका लागि पास भएका सवारी साधन, दुध, पानीका ट्याङकर, एम्बुलेन्स, दमकल, फोहोर मैला, तरकारीका गाडी, प्रेसका सवारी साधनलाई सञ्चालनमा छुट रहेको छ । अन्य सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ । पास बिना सञ्चालन नभएका सवारीसाधनलाई भने प्रहरीले दिनभरी रोकेर राख्ने जनाएको छ ।


क्लिकमान्डु