नबिलसँग एक्विजेशन प्रक्रिया अघि नबढाउन एनबी बैंकलाई सर्बोच्चको अल्पकालिन अन्तरिम आदेश



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकलाई एक्विजेशन प्रक्रिया अगाडि नबढाउन सर्बोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

सर्बोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको एकल इजलाशले दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालि तथा नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले दिएको हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै जेठ ३ जेठ गते अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन बोलाएको छ ।

नबिल बैंकसँग एक्विजेशन प्रक्रिया भाँड्नको लागि सर्बोच्च अदालतमा दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालिले बैशाख १९ गते तथा नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले बैशाख २२ गते रिट दायर गरेका थिए ।

सर्बोच्च अदालतले दुईवटा छुट्टै परेको रिटमा बैशाख २५ गते अल्पकालिन अन्तरिम आदेशको फैसला दिएको हो । अल्पकालिन अन्तरिम आदेशसँगै कारण देखाउ आदेशमा विपक्षीलाई जेठ ३ गते उपस्थित हुन भनिएको छ ।

रिट निवेदकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड , नेपाल स्टक एक्स्चेन्ज लि , सिडिएस एण्ड क्लियरिङ लि , नेपाल राष्ट्र बैंक , नेपाल बंगलादेश बैंक लि , नेपाल बंगलादेश बैंक लिका संचालक समिति , नविल बैंक लि र नविल बैंक लिका संचालक समिति विरुद्द रिट दायर छन् ।

नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।

एनबी बैंकका सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले एक्विजेशन प्रक्रिया भाँड्नको लागि सर्बोच्च अदालतमा मद्दा दायर गरेका हुन् । यसमा पछाडि सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड सहितका व्यवसायी छन् ।


क्लिकमान्डु