मुस्लिम आयोगका अध्यक्ष अन्सारी पैसा बाँडेको आरोपमा पक्राउ



काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिमि मियाँ अन्सारी मतदातालाई रकम बाँडेको आरोपमा पक्राउ परेका छन् ।

उनलाई धनुषा प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरी अधिकारीका अनुसार जनकपुरधामस्थिति सितासरण होटेलको कोठा नम्बर ३०५ बाट नियन्त्रणमा लिइएको हो । उनीमाथी प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

अध्यक्ष अन्सारीलाई नेकपा एमाले नेतृत्वको सरकारले २०७५ सालमा आयोगको अध्यक्ष नियुक्त भएको थियो ।


क्लिकमान्डु