कुमारी धनबृद्धि याेजनाले १ अर्ब २० करोडको फण्ड ल्याउने



काठमाडौं । धितोपत्र बोर्डले कुमारी धनबृद्धि योजना (क्लोज फण्ड)लाई निष्कासनको अनुमति दिएको छ । यो बन्दमुखी योजना हो ।

बोर्डले प्रतिइकाइ १० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाइ फण्ड निष्कासन गर्न अनुमति दिएको हो ।
यसको योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको छ । कोषको प्रवर्धक कुमारी बैंक रहेको छ ।

९ महिनायता कुनै पनि कम्पनीलाई बोर्डले अनुमित दिएको थिए । नौ महिनापछि बोर्डले कुमारी धनबृद्धि योजना (क्लोज फण्ड)लाई निष्कासनको अनुमति दिएको हो । बोर्डले कम्पनीलाई वैशाख २२ गते अनुमित दिएको हो ।


क्लिकमान्डु