अपर हेवाखोलाको आइपीओ जेठ १० देखि निष्कासन हुने



काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयका लागि जेठ १० गतेदेखि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित संखुवासभा जिल्लाका स्थानिय बासिन्दालाई आइपीओ निष्कासन गर्ने भएको छ ।
स्थानीय बासिन्दालाई ५ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने छ ।

आइपीओमा जेठ २४ गतेसम्म आवेदन दिन पाइने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा पनि स्थानीयका लागि निष्कासन गरेको सेयर नबिकेमा नबिकेको सेयर सर्वसाधारणका लागि निष्कासन गरिने छ ।

आइपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । आवेदनकर्ताले एनएमबि क्यापिटल नागपोखरी काठमाडौं, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यस्तै प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने छ ।

यस्तै प्राइम बैंकको तुम्लिङटार र सभापोखरी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट पनि आवेदन दिन सकिनेछ । आवेदनकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु