निर्वाचन र बैंक ब्याजदरले सेयर बजारमा थप्यो उत्साह



काठमाडौं । बैंकहरुले जेठ महिनामा ब्याजदर नबढाउने र नजिकिँदो स्थानिय तह निर्वाचनका कारण सेयर बजारमा उछाल देखिएको छ ।

बैंकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेका कारण बजारले सुधारको बाटो तय गरेको जानकारहरुको भनाइ छ ।
यस्तै अब दुई दिनपछि हुने स्थानीय तह निर्वाचनको प्रभाव पनि बजारमा परेको छ । सेयर बजारमा पर्दा बुधबार इन्डेक्समा हरियाली छाएको जानकाहरुको तर्क छ । हुनत बजारमा केही दिनयता हरियाली छाएको छ ।

यो दिन बजार मापन गर्ने सूचक ५६.०६ अंकले बढेर परिसूचक २३६९.०६ बिन्दुमा रोकिएको छ । बुधबारको कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको २३.३७, विकास बैंक १५०.७३, जलविद्युत १३०.३४, वित्त ७४.२, निर्जीबन बीमा २४३.७४, उत्पादन तथा प्रशोधन ७०.०२, माइक्रोफाइनान्स १५३.८९, जीवन बीमा २१७.१७ अंकले बढेको छ ।


क्लिकमान्डु