राष्ट्र बैंकले गर्यो सातामा २ दिन विदाको व्यवस्था, कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म



काठमाडौं । नेपाल राष्ट्र बैंकले साताका २ दिन विदा दिने व्यवस्था गरेको छ । साताको २ दिन विदा दिएसँगै कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म कायम गरिएको छ ।

राष्ट्र बैंकले जेठ १ देखि लागू हुनेगरी कार्यालय समय संशोधन गरेको छ । राष्ट्र बैंकका अुनसार जेठ १ देखि सोमबारदेखि शुक्रबारसम्म साढे ९ देखि साढे ५ बजेसम्म कार्यालय समय रहेको छ । यस्तै कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान साढे ९ देखि अपरान्ह साढे ४ बजेसम्म रहेको छ ।

सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै राष्ट्र बैंकले कार्यालय समय संशोधन गरेको हो । केन्द्रीय बैंकका अनुसार २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका लागि सार्वजनिक बिदाबाहेक अन्य विदा लगातार २ दिन भन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा, आरटिजीएस सेवा सञ्चालन हुने छ ।

यस्तै मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा लगायत अन्य अत्यावश्यक सेवाहरु, प्रदेशका कार्यालय आवश्यकता अनुसार सञ्चालन हुनेछन् । बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ देखि साँझ ४ बजेसम्म र कायम गर्ने तर कात्तिक १६ देखि माघ १५ गतेसम्म बैंकिङ कारोबार समय बिहान साढे ९ देखि अपरान्ह साढे ३ सम्म कायम रहने बताइएको छ ।

यस्तै शुक्रबारका लागि पनि बैंकको निर्धारित कार्यालय पोशाक कायम गर्ने, हप्तामा २ दिन बिदा हुँदा ुहप्ताभरी सम्पन्न गरिएका कार्यहरुको सूची दैनिकी तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्याङकनका लागि अभिलेखमा राखिने बताइएको छ ।


क्लिकमान्डु