मेरो सेयर नचल्दा आइपीओ भर्न समस्या



काठमाडौं । मेरो सेयर सफ्टवेयर नचलेका कारण लगानीकर्ताले रिभर फल्स पावर कम्पनीको साधारण सेयर (आइपीओ) दिन समस्या भएको छ ।

कम्पनीको आइपीओ निष्कासन भएकाे दिन नै मेरो सेयर सफ्टवेयर चल्न छोडेको छ । जसले गर्दा मेरो सेयरबाट आवेदन दिने लगानीकर्ताले आवेदन दिन पाएका छैनन् ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पूर्ण प्रसाद आचार्यका अनुसार मेरो सेयरको डेटाबेसमा केही समस्या देखिएका कारण चल्न नसकेको हो । ‘सुरुमा कुनै समस्या थिएन’ उनले भने, ‘केही समयदेखि डेटा बेसामा समस्या देखिएको छ । यो समस्या समाधान हुन अब धेरै समय लाग्दैन ।’

लगानीकर्ताले केही समयमा नै सहजै रुपमा मेरो सेयर एपबाट सेयरमा आवेदन दिन सकिने बताए । उक्त समस्या समाधान गर्नका लागि सिडिएससीका सबै प्राविधिक कर्मचारीले काम गरिरहेको आचार्यको भनाइ छ ।


क्लिकमान्डु