श्री एयरलाइन्सको इन्जिन फेल, काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण



काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडान भरेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएको छ ।

८७ जना यात्रुले लिएर काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको इन्जिन फेल भएको हो ।

इन्जिन फेल भएपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण सुरक्षित रुपमा अवतरण गराइएको छ ।

श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले इञ्जिन फेल भएपछि सुरक्षित काठमाडौं विमानस्थलमा अतवरण गरिएको बताए ।

विमानमा ८७ जना यात्रु सवार थिए ।

मानन्धरले विमान सुरक्षित अवतरण भएको र प्राविधिक जाँच गरिन लागेको जानकारी दिए ।


क्लिकमान्डु