चुनावको चटारोमा रिभर फल्स पावरको आइपिओ निष्कासन, छुट्ला है आवेदन दिन



काठमाडौं । रिभर फल्स पावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता मध्ये ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आइपीओमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा माग अुनसार आवेदन नपरे जेठ ११ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आइपीओमा धितोपत्र बोर्डबाट आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । वैशाख ३० गते स्थानिय तहको निर्वाचन रहेको छ । निर्वाचनका लागि अधिकांश मानिस आफ्नो निर्वाचन क्षेत्र पुगिसकेका छन् । यही सम्मुखमा कम्पनीले आइपीओ निष्कासन गरेको छ ।


क्लिकमान्डु