गुराँस लाइफको खुद बीमाशुल्क घट्यो, २६ % ले बढ्यो नाफा



काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क घटेको छ ।

गत आवको यसै अवधिको तुलनामा गुँरास लाइफको खुद बीमाशुल्क २१.९९ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ४९ लाख रूपैयाँमा सीमित भएको हो ।

गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब १८ करोड रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

खुद बीमाशुल्क घटे पनि इन्स्योरेन्सको नाफा भने बढेको छ ।

लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानी र बीमालेख धितोमा कर्जाबाट हुने आम्दानी बढे पछि इन्स्योरेन्सको खुद बीमाशुल्क घट्दा पनि नाफा बढेको हो ।

इन्स्योरेन्सको खुद नाफा २६.१९ प्रतिशतले बढेर १३ करोड १६ लाख ४ हजार रूपैयाँ पुगेको हो ।

गत आवको यसै अवधिमा कम्पनीले १० करोड ४२ लाख ९३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ७० करोड ६६ लाख रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ८ करोड ९० लाख रूपैयाँ आम्दानी गरेको छ ।

गत आवको यसै अवधिको तुलनामा इन्स्योरेन्सको लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानी १२.८२ प्रतिशत र बीमालेख धितोमा बर्जाबाट हुने आम्दानी ४५.२४ प्रतिशतले बढेको हो ।

यसअवधिमा जीवन बीमा कोषको आकार १९.२२ प्रतिशतले बढेर १२ अर्ब ६ करोड ३९ लाख रूपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा यसको जीवन बीमा ककोषमा १० अर्ब ११ करोड ९३ लाख रूपैयाँ थियो ।

कम्पनीमा आवद्ध अभिकर्ताले यस अवधिमा २८ करोड १३ लाख रूपैयाँ कमिशन बुझेका छन् । गत आवको यसै इन्स्योरेन्सले यस शिर्षकमा ४५ करोड ३ लाख रूपैयाँ खर्चेको थियो ।

कम्पनीले २ हजार १०६ वटा दाबी बापत १ अर्ब १७ करोड ५५ लाख रूपैयाँ भुक्तानी गरेको छ ।

१२ वटा बीमा दाबी वापत इन्स्योरेन्सले २० लाख ८२ हजार रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

२ अर्ब ८ करोड ४२ लाख रूपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रति शेयर आम्दानी ८.४२ रूपैयाँ छ ।


क्लिकमान्डु