१० अर्ब रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको नेशनल लाइफको नाफा २०% ले घट्यो



काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा १० अर्ब रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
इन्स्योरेन्सले गत आवको यसै अवधिको तुलनामा खुद बीमाशुल्क १७.०४ प्रतिशतले बढाएर १० अर्ब १७ करोड ५६ लाख रूपैयाँ पुर्याएको हो ।

गत आवको सोही अवधिमा कम्पनीले ८ अर्ब ६९ करोड ३९ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीको नाफा भने घटेको छ । इन्स्योरेन्सको खुद नाफा २०.७६ प्रतिशतले घटेर २५ करोड ५६ लाख ९ हजार रूपैयाँमा सीमित भएको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ३२ करोड २५ लाख २६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा जीवन बीमा कोषको आकार भने २१.९५ प्रतिशतले बढेर ४९ अर्ब ४ करोड ५७ लाख रूपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा यसको जीवन बीमा ककोषमा ४० अर्ब २१ करोड ७९ लाख रूपैयाँ थियो ।

कम्पनीले २७ हजार २३२ वटा दाबी बापत ४ अर्ब २१ करोड ८७ लाख रूपैयाँ भुक्तानी गरेको छ ।

५६ करोड ३९ लाख रूपैयाँ बराबरको कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

४ अर्ब ३ करोड ५१ लाख रूपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रति शेयर आम्दानी ८.४५ रूपैयाँ छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशनवापत ३ करोड ४२ लाख २६ हजारु रूपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब ५९ करोड १९ लाख रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ४४ करोड ४१ लाख रूपैयाँ आम्दानी गरेको छ ।

कम्पनीमा आवद्ध अभिकर्ताले यस अवधिमा १ अर्ब १० करोड ८० लाख रूपैयाँ कमिशन बुझेका छन् ।


क्लिकमान्डु