बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एशियातिकमा २०% छुट



काठमाडौं । बैंक अफ काठमाण्डू र होटल एशियातिकबीच सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीएसओ तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले २० प्रतिशतसम्मको विशेष छुट पाउनेछन् ।

छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एशियातिक्वले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंकले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु