सेयर बजारमा दोहोरो अंकको उछाल



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । स्थानीय तह निर्वाचन नजिकीएसँगै बजारमा पनि सुधार देखिएको छ ।

बजारमा नेप्से मापन गर्ने सूचक ४४.१६ अंकले बढेर परिसूचक २३१३ बन्दिुमा रोकिएको छ । बजारमा सुधार देखिँदा परिसूकले लगानीकर्ताको २३०० बिन्दुको मनोविज्ञान पार गरेको छ ।

बजारमा दोहोरो अंकको सुधार देखिँदा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.६७ अंकले बढेर ४४७.१४ बिन्दुमा रोकिएको छ ।

यो दिन २२६ कम्पनीको ३३ लाख ३० लाख १५० कित्ता सेयर १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ ।

बैंकिङ समूहको २२.५५, विकास बैंक १०३.६०, वित्त ५४.०९, जलविद्युत ९६, जीवन बीमा २३६.८१, माइक्रोफाइनान्स ६२.८६.५०, निर्जीबन बीमा समूहको उपसूचक १२४.०५ अंकले बढेको छ ।


क्लिकमान्डु