दुई वटा जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न आयोगको अनुमित



काठमाडौं । दुई वटा जलविद्युत कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद सेयर निष्काशन गर्नका लागि अनुमति दिएको छ ।

आयोगले वरुण हाइड्रोपावर कम्पनी र ङादी ग्रुप पावर कम्पनीलाई हकप्रद सेयर निष्सकान गर्न अनुमित दिएको हो । आयोगले वरुण हाईड्रोपावरलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कसन गर्न अनुमति दिएको हो । कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।

यस्तै आयोगले ङादी ग्रुप पावरलाई पनि १ः१.५ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीको १ः१.५ अनुपातमा हकप्रद बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । यसको लागि भने धितोपत्र बोर्डले अनुमित दिनुपर्छ ।


क्लिकमान्डु