प्रि-ओपनिङमा बजार सुस्त, करिब ७ लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार सुस्त नै देखिएको छ । बजार मापन गर्ने सूचक ०.५१ अंकले बढेर परिसूचक २२६९.३५ बिन्दुमा रोकिएको छ ।

प्रि-ओपनिङमा १० कम्पनीको १२४० कित्ता सेयर ६ लाख ८३ हजार ८१९ रुपैयाँको किनबेच भएको छ । कारोबारमा वित्त कम्पनीको उपसूचक ०.८२, जलविद्युत ३.३०, माइक्रोफाइनान्स २.१५, निर्जीबन बीमा समूहको उपसूचक ५.५८ अंकले बढेको छ ।


क्लिकमान्डु