मौन अवधिमा कसैको प्रचार गरेर एसएमएस, फेसबुक, ट्वीटरमा लेख्न नपाइने



काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मंगलबार रातिदेख मौन अवधि शुरु हुँदै छ ।

मौन अवधिमा राजनीतिक दल, उम्मेदवार वा अन्य कसैले पनि चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।

निर्वाचन आयोगले मंगलबार रातिदेखि वैशाख ३० गतेसम्म निर्वाचन प्रचारको प्रयोजनमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने जनाएको छ ।

यस अवधिमा कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, म्यासेन्जर, ट्वीटर, भाइबर युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसाशरण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।


क्लिकमान्डु